दाङमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक भारतीय मजदुरको मृत्यु, अर्का एक जना गम्भीर घाइते

दाङमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक भारतीय मजदुरको मृत्यु, अर्का एक जना गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० चैत्र २०८२
  • 3.7K
    Shares

पोखरा ३० चैत्र २०८२ ।

दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक भारतीय मजदुरको मृ*त्यु भएको छ भने अर्का एक जना ग*म्भीर घाइते भएका छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला आइतबार अचानक पर्खाल भत्किदा च्यापिएर एक जना भारतीय मजदुरको मृ*त्यु भएको हो भने अर्का एक जना ग*म्भीर घाइते भएका हुन् ।

पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रह*रीले जानकारी दिएको छ । घटनापछि उनलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो । तर, उपचारका क्रममा चिकित्सकले मृ*त घोषणा गरेका हुन् । मृतकको पहिचान आधार कार्डका आधारमा खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिए ।

उक्त घटनामा परी सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घा*इते भएका छन् । उनलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी टोली घटनास्थल पुगेको थियो । हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया