आज कुन बिदेशी मुद्राको विनिमय दर कुनको कति ?

आज कुन बिदेशी मुद्राको विनिमय दर कुनको कति ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ चैत्र २०८२
  • 4.2K
    Shares

पोखरा , २९ चैत २०८२।

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। 

हिजो सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा छ। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा छ। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ११ पैसा छ। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८३ रुपैयाँ १० पैसा र बिक्रीदर ४८५ रुपैयाँ ०६ पैसा छ। 

आज बहराइन दिनार १ को खरिदर ३९२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २५ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया