टिकटकर तुलसा अधिकारीको ठगि धन्दा उजागर : अरु १० जनासंग मिलेर साढे छ करोड ठगी

टिकटकर तुलसा अधिकारीको ठगि धन्दा उजागर : अरु १० जनासंग मिलेर साढे छ करोड ठगी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० चैत्र २०८२
  • 2.7K
    Shares

पोखरा , २० चैत २०८२।

चर्चित टिकटकर तुलसा अधिकारीको ठुलो ठगि धन्दा उजागर भएको छ। प्रहरी प्रतिबेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले उनीलगायतका १० जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघात मुद्दा दायर गरेपछि उनको ठुलो ठगी धन्दा उजागर भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको मुद्दामा टिकटकर तुलसा अधिकारीले बिभिन्न बहानामा बिभिन्न व्यक्तिहरुसंग ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको अभियोग लगाइएको छ।

ललितपुरका एक अटोमोबाइल व्यवसायीलाई हनी ट्रयापमा पारेर साढे चार करोड रुपैयाँभन्दा बढी रकम असुलेको अभियोगमा टिकटकर अधिकारीलगायत १० जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। यस मुद्दाकी प्रतिवादी २८ वर्षीया निलिका (नेलिका) लामिछानेलाई प्रहरीले पक्राउ गरी साधारण जमानतमा रिहा गरिसकेको छ।

उनीबाहेक अन्य नौ जना; मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु, अशोक कुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, कानो मामा भन्ने प्रयास पोखरेल, गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि र एक फरार प्रतिवादीमाथि पनि कारबाहीको माग गरिएको छ।

अभियोगपत्रअनुसार, काभ्रे घर भई ललितपुर बस्ने अटोमोबाइल व्यवसायी कुमार चिमोरिया र प्रतिवादी तुलसी अधिकारीबीच २०७५ सालमा व्यावसायिक सिलसिलामा चिनजान भएको थियो। बुटवलमा गाडी खरिद(बिक्रीको बहानामा भेट गरी तुलसीले व्यवसायीलाई भैरहवाको एउटा होटलमा पुर्‍याएर शारीरिक सम्बन्ध राखेकी थिइन्।

सोही शारीरिक सम्बन्धलाई हतियार बनाएर तुलसीले ‘बलात्कार मुद्दा हालिदिन्छु’ भन्दै ब्ल्याकमेलिङ शुरु गरेकी थिइन्। व्यवसायीले आफ्नो सामाजिक प्रतिष्ठा जोगाउन पटक–पटक गरी हालसम्म चार करोड ५० लाख रुपैयाँ बराबरको नगद, जिन्सी र सम्पत्ति बुझाउन बाध्य भएको जाहेरीमा उल्लेख छ।

प्रहरीको अनुसन्धानले तुलसीको संगठित ठगीको तरिका र घटनाक्रम विस्तृतमा खुलाएको छ। उनले शंकरलाई सातदोबाटोमा सात लाख ७५ हजार, इमाडोलमा सात लाख ७५ हजार र गहना पसल खोल्न २५ लाख तिराएको उल्लेख छ। त्यसैगरी पछि पनि पसलको भाडा आफूलाई नै तिर्न लगाएको जाहेरीमा उल्लेख छ र त्यसको प्रमाणसमेत मिसिलसाथ संलग्न राखिएको छ। त्यसैगरी पछि कुमारीपाटीमा तुल्सा कलेक्सन प्रालिको पसलको सजावट र सात महिनाको भाडा गरी १५ लाख ९० हजार रुपैयाँ तिरेको अभियोगपत्रमा उल्लेख छ।

त्यसैगरी तुलसीले दबाबमा राखी ४ लाख ३४ हजार रुपैयाँमा एप्रिलिया स्कुटर किन्न लगाएको, तत्कालीन समयमै २४ लाख ४१ हजारको सुनको गरगहना किन्न लगाएको ९जसको हालको मूल्य करिब ८६ लाख रहेको०, पटक–पटक गरी आईफोन लगायतका मोबाइल मात्रै १२ लाख ८८ हजार रुपैयाँको किनाएको, तुलसीकी छोरी न्यौपानेको विद्यालयको शुल्क मात्रै ८ लाख ६९ हजार तिरेको तथ्य बैंक स्टेटमेन्ट र बिलबाट पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ।

त्यसैगरी तुलसीले भारत लगायतका देशमा पुगी सुरेन्द्र भक्त सुवाल, रविन श्रेष्ठ, बल बहादुर राउत क्षेत्री लगायतका व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई ती रकमहरू हुन्डीमार्फत चीनमा पुर्‍याउने गरेको भेटिएको अभियोगपत्रमा उल्लेख छ। यो रकम मात्रै १ करोड ४ लाख रहेको अभियोगपत्रमा उल्लेख छ।

मुद्दाका मुख्य योजनाकार मानिएकी तुलसी अधिकारी हाल चीनमा रहेको र अन्य अधिकांश प्रतिवादीहरू फरार रहेको अभियोगपत्रमा उल्लेख छ। उनीहरूले अवैध रूपमा आर्जन गरेको रकमबाट वैदेशिक भ्रमण, महँगा सामान खरिद र व्यवसायमा लगानी गरेको देखिएकाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐनबमोजिम समेत कारबाहीको माग गरिएको छ।

जाहेरवाला अर्थात् पीडित शंकर चिमोरिया पेसाले अटो व्यवसायी हुन्। उनले गत साउन महिनामै प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। जाहेरी र जिल्ला अदालतमा पेस गरिएको अभियोगपत्रअनुसार २०७५ सालमा व्यावसायिक सम्बन्धका क्रममा शंकर र तुलसीबीच चिनजान भएको थियो। त्यसक्रममा दुवैजनाको आपसी सहमतिमा शारीरिक सम्बन्ध भएपछि तुलसीले सोही घटनालाई ‘जबरजस्ती करणी’मा फसाइदिने भन्दै ब्ल्याकमेल गरेर रकम असुल गर्न थालेको उल्लेख गरिएको छ।

ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघातमै ६ करोड ५२ लाखको बिगो

अधिकारीले हनी ट्र्यापमा पारी जाहेरवाला शंकर अधिकारी (परिवर्तित नाम) लाई विभिन्न मितिमा तिर्न लगाएको रकम मात्रै ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ५४ पैसा रहेको अभियोग पत्रमा उल्लेख छ ।

यो रकम ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभबापतको कसुरमा कायम गरिएको बिगो रकम हो । सम्पत्ति शुद्धीकरणको बिगो भने २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

प्रतिक्रिया