मालढुङ्गामा प्रहरीले जाँच गर्न खोज्दा कालीगण्डकी नदीमा हाम फालेका युवा अझै बेपत्ता, चालक पनि सम्पर्कबिहीन

मालढुङ्गामा प्रहरीले जाँच गर्न खोज्दा कालीगण्डकी नदीमा हाम फालेका युवा अझै बेपत्ता, चालक पनि सम्पर्कबिहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ चैत्र २०८२
  • 4.6K
    Shares

पोखरा , १७ चैत २०८२।

बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्न खोज्दा कालीगण्डकी नदीमा हाम फालेका युवा अझै बेपत्ता छन् ।

बागलुङबाट टिपरमा पर्वत जाँदै गरेका पर्वतको जलजला गाउँपालिका-८ का २५ वर्षिय विशाल बिकले जाँच गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका हुन् ।

बागलुङ र पर्वतको सिमानामा पर्ने पर्वत अस्थायी प्रहरी पोष्टको नियमित जाँचको क्रममा बिकले भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पट्टेलले बताए ।

प्रहरीका अनुसार, बागलुङबाट बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग१क ५२४४ नम्बरको टिपरमा थिए । ट्रकका चालक पनि फरार रहेको प्रहरी निरीक्षक पट्टेलले जानकारी दिए ।

बिकका परिवारले भने प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको आरोप लगाएका छन् । उनीहरुले बिहान सडकसमेत अवरुद्ध गरेका छन् ।

आज बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी टोलीसँगै सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले कालीगण्डकीमा बिकको खोजी गरिरहेको छ । टिपरका चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया