दार्चुलामा जिप दुर्घटना : सिँचाइका दुई जना अधिकारीको घटनास्थलमै मृत्यु, चार जना घाइते

दार्चुलामा जिप दुर्घटना : सिँचाइका दुई जना अधिकारीको घटनास्थलमै मृत्यु, चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ चैत्र २०८२
  • 3.2K
    Shares

पोखरा , १७ चैत २०८२।

दार्चुलामा जिप दुर्घटना हुँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुला दुई जना अधिकारीको मृत्यु घटनास्थलमा नै भएको छ।

शैल्यसिखर’ -४ काडाँपारी ओशिलदेखि गोकुलेश्वरतिर आउँदै गरेको सु.प.प्र.०१-००१ ज १६४१ नम्बरको जीप ओसिल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुला दुई जना अधिकारीको घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा परेर चालक प्रकाश ठगुन्ना सहित चार घाइते भएका छन् र उनीहरुको कुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया