पोखराको लेकसाइडस्थित मसाज केन्द्र र ब्युटीपार्लरको नाममा बालिकाहरु प्रयोग गरेर यौनजन्य गतिबिधि गर्ने गरेको खुलासा

पोखराको लेकसाइडस्थित मसाज केन्द्र र ब्युटीपार्लरको नाममा बालिकाहरु प्रयोग गरेर यौनजन्य गतिबिधि गर्ने गरेको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ चैत्र २०८२
  • 3.4K
    Shares

प्रहरी नै पक्राउ

पोखरा , १६ चैत २०८२।

पर्यटकीय राजधानी पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा संचालित मसाज केन्द्र र ब्युटी पार्लरहरुमा बालिकाहरु प्रयोग गरेर यौनजन्य गतिबिधि गर्ने गरेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले पोखरा ६ लेकसाइड क्षेत्रका विभिन्न स्पा तथा ब्यूटी पार्लरमा अनुगमन गर्ने क्रममा त्यस्तो गतिबिधि गरेको पाइएको हो।

उक्त संयुक्त अनुगमन टोलीले मसाज केन्द्र र ब्युटी पार्लर संचालन गर्ने नाममा बालिकाहरुलाई यौनजन्य गतिबिधि गराएको आरोपमा आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

 बालबालिकालाई अवैध काममा लगाउने ८ जना पक्राउ परेका छन् । पोखरा ६ लेकसाइड क्षेत्रका विभिन्न स्पा तथा ब्यूटी पार्लरमा अनुगमन गर्दा बालबालिकालाई काममा लगाइएको र अवैध गतिविधि भइरहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा हानेर सञ्चालकहरूलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । 

प्रहरीले पक्राउ परेका माथि बालबालिका विरुद्ध कसुर सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । अनुगमनका क्रममा स्पामा काम गरिरहेका नाबालिकाहरूलाई उद्धार गरी संरक्षणका लागि सम्बन्धित संस्थामा पठाइएको छ भने वयस्क कामदारहरूलाई अभिभावक तथा आफन्तको जिम्मा लगाइएको उनले बताए ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी १० घर भई हाल पोखरा वडा ६ लेकसाइड बस्ने ४७ वर्षका होम बहादुर बुढाथोकी, पोखरा ११ घर भई लेकसाइड बस्ने २४ वर्षकी जोनिसा श्रेष्ठ सुनार, चितवन भरतपुर ६ का गितानगर घर भई लेकसाइड बस्ने २३ वर्षकी शर्मिला परियार, स्याङ्जा फेदीखोला ४ घर भई लेकसाइड बस्ने ४२ वर्षका सुरेश विक, गोरखा गण्डकी गाउँ पालिका ८ घर भई लेकसाइड बस्ने २७ वर्षका जीवन श्रेष्ठ पक्राउ परेका छन् । 

यस्तै, रुपन्देही मर्चवारी ७ घर भई लेकसाइड नै बस्दै आएकी २० वर्षकी अञ्जिना खातुन, मकवानपुर ईन्द्रसरोवर २ घर भएका ४४ वर्षका राजु थापा मगर र पोखरा १७ ड्यामसाइड बस्ने २८ वर्षका सरोज सुनार पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया