हिजो घटेको अमेरिकी डलरको मूल्य आज फेरि उच्च

हिजो घटेको अमेरिकी डलरको मूल्य आज फेरि उच्च


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ चैत्र २०८२
  • 2.8K
    Shares

पोखरा , १२ चैत २०८२।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलरको मूल्य हालसम्मकै महँगो बनेको छ। त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

हिजो अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा थियो। 

गएको मंगलबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा पुगेको थियो। हिजो केही घटेको अमेरिकी डलरको विनिमयदर आज फेरि उच्च बनेको हो। 

त्यसैगरि आज युरो १ को खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७  पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७  पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ८५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४९० रुपैयाँ ९३ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ६० पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

२०८२ साल चैत १२ गतेको बिदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया