प्रभु बैंकका ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ विभाग प्रमुख दिनेश डंगोल पक्राउ

प्रभु बैंकका ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ विभाग प्रमुख दिनेश डंगोल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ चैत्र २०८२
  • 3K
    Shares

पोखरा ,४ चैत २०८२।

प्रभु बैंकका ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ विभाग प्रमुख दिनेश डंगोल पक्राउ परेका छन्।

उनलाई चैत २ गते काठमाडौंको थापाथलीबाट नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रभु बैंकबाट ‘प्रभु म्यानेजमेन्ट प्रालि’मा गएको कर्जाको दुरुपयोगमा उनको संलग्नता देखिएको छ।

ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डङ्गोललाई पक्राउ गरेको बताइएको छ ।

सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डङ्गोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेको तथा प्रभु म्यानेजमेन्ट प्रालि समेतमा प्रवाह ऋणमा कर्जा दुरुपयोग गरेको पाइएको छ ।

आरोपी डङ्गोलमाथि जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया