चुनाब सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई आयो भारतीय प्रम मोदीको बधाई :चुनाब जित्ने रास्वपालाई सम्झिएनन्

चुनाब सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई आयो भारतीय प्रम मोदीको बधाई :चुनाब जित्ने रास्वपालाई सम्झिएनन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ फाल्गुन २०८२
  • 3.4K
    Shares

पोखरा,२३ फागुन २०८२।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोदीले नेपाली दाजुभाइ-दिदीबहिनीले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देखेर खुसी लागेको उल्लेख गरेका छन्।

उनले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि र गौरवको क्षणका रूपमा बताएका छन्।

भारत नेपालको नजिकको मित्र र छिमेकी भएको बताउँदै प्रधानमन्त्री मोदीले नेपालका जनता र नवनिर्वाचित सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरू हासिल गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया