चितवन- २ मा तेस्रो पटक रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन- २ मा तेस्रो पटक रवि लामिछाने भारी मतान्तरले विजयी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ फाल्गुन २०८२
  • 3.8K
    Shares

पोखरा,२३ फागुन २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक पनि भारी मतान्तरले विजयी भएका छन् । ५४ हजार ४०२ मत ल्याएर तेश्रो पटक पनि चुनाब जितेका लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेललाई ३९ हजार चार सय ६८ मतान्तरले पराजित गरेर चुनाबमा विजयी भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार नौसय ९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले चार हजार नौसय ६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र दुई हजार सातसय ९६ मत बदर भएको थियो । लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।

प्रतिक्रिया