काठमाण्डौ १ मा रास्वपाकी रन्जु दर्शना बिजयी : घोषणा हुन बाँकी

काठमाण्डौ १ मा रास्वपाकी रन्जु दर्शना बिजयी : घोषणा हुन बाँकी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 3.8K
    Shares

पोखरा,२२ फागुन २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् ।

दर्शनाले १५ हजार चारसय ५५ मत प्राप्त गरेकि छिन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार तीन सय ६४ मत प्राप्त गरेका छन् भने तेश्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार नौसय ७२ मत प्राप्त गरेका छन् ।

२१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी  दर्शना नौ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छिन् । दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया