पोखरा , १८ फागुन २०८२।
गएराती सिराहामा बस र मोटरसाइकल एक – आपसमा ठोक्किंदा दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पूर्वतर्फ आउँदै गरेको तीन जना सवार स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस सिरहाको गोलबजार नगरपालिका-३ जमनटोकी नजिक आइतबार राति एकापसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको हो भने अर्को एक जना घइने भएका छन्।
उक्त दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा परी घाइते भएका १७ वर्षीय धिरज मण्डलको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए।
घटना बारे थाप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।