पोखरा , १८ फागुन २०८२।
चितवनको टांडीमा गएराती तेल बोकेको ट्यांकरले गस्तीको प्रहरी भ्यानलाई ठक्कर दिंदा चार जना प्रहरी घाइते भएका छन्।
चितवनको भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय खैरहनीको ना १ झ १४०५ नं.मोबाइल गाडीलाई गएको मध्यराती करीब साढे १२ बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउंदै गरेको लु १ क ८२८५ नं.को ट्याङ्कटरले रत्ननगर नगरपालिका वडा नम्बर १० भानु चोकमा ठक्कर दिंदा चार जना प्रहरी घाइते भएका हुन्। उक्त प्रहरी भ्यान बीरगंन्जबाट काठमाण्डौ जादै गरेको निर्वाचन सामग्री स्कटिङ गरी फर्किदै गरेको बताइएको छ।
उक्त दुर्घटनामा परेर प्रहरी चौकी सम्झौटपिपरीया चितवन दरबन्दी भइ इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) ४८ वर्षीय राम किशोर सुडी, जिल्ला ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरी दरबन्दी, महानगरीय प्रहरी वृत जनसेवा काठमाण्डौबाट इलाका प्रहरी कार्यालय खैरहनीमा थप मद्दत आएका अन्दाजी ३७ वर्षीय प्रहरी हवल्दार चेतनाथ पोख्रेल, इलाका प्रहरी कार्यालय चनौली चितवन दरबन्दी भइ इप्रका खैरहनीमा कार्यरत अन्दाजी वर्ष २४ की प्रहरी जवान इश्वरी दाँनी र प्रहरी भ्यानका चालक वडा प्रहरी कार्यालय नारायणगढ दरबन्दी भइ इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी जवान महेश घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
असई राम किशोर सुडीको शरिरको बिभिन्न भागमा चोट रहेको, गम्भीर घाइते प्रहरी हवल्दार चेतनाथ पोख्रेलको टाउकोमा चोट लागेको, प्रहरी जवान इश्वरी दाँनीको शरिरको बिभिन्न भागमा चोट रहेको र प्रहरी भ्यान चालक प्रहरी जवान महेश घिमिरेको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
घाइते चारै जना प्रहरीको हाल नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ। उक्त घटना पश्चात ट्याङ्कर र चालक सल्यान घर बताउने बर्ष २७ को रिदम घर्तिलाई नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
निम्न घाइतेहरु:-
१. जि.रौतहट घर, प्र.चौ.सम्झौटपिपरीया चितवन दरबन्दी भइ इप्रका खैरहनीमा कार्यरत (कम्प्युटर कोड नं. 367352, संकेत नं. C-00128365) बर्ष अं.४८ को प्र.स.नि.राम किशोर सुडी शरिरको बिभिन्न भागमा चोट मध्यम ।
२. जि.संखुवासभा पाँचखपन न.पा.५ घर, जि.ट्रा.प्र.का.इटहरी सुनसरी दरबन्दी, महानगरीय प्रहरी वृत जनसेवा काठमाण्डौबाट थप मद्धत आइ इप्रका खैरहनीमा कार्यरत (कम्प्युटर कोड नं.३६३८९४) बर्ष अं.३७ को प्र.ह.चेतनाथ पोख्रेलको टाउकोमा चोट गम्भिर ।
३. चालक जि.ओखलढुङ्गा मोलुङ गा.पा.४ घर, वप्रका नारायणगढ दरबन्दी भइ इप्रका खैरहनीमा कार्यरत (कम्प्युटर कोड नं. 483844, संकेत नम्बर C-00146346) बर्ष अं.२९ को प्र.ज.महेश घिमिरेको टाउकोमा चोट मध्यम ।
४. जि.कैलाली घर, इप्रका चनौली चितवन दरबन्दी भइ इप्रका खैरहनीमा कार्यरत (कम्प्युटर कोड नं. 490891, संकेत नम्बर C-00155476) बर्ष अं. २४ की प्र.ज.इश्वरी दाँनीको शरिरको बिभिन्न भागमा चोट मध्यम ।
थप टिपोट:- ऐ.०२:५० बजेको समयमा ठक्कर दिने लु १ क ८२८५ नं.को ट्याङ्कटर र ट्याङ्कर चालक जि.सल्यान घर बताउने बर्ष २७ को रिदम घर्ति प्रहरीको नियन्त्रणमा रहेको, प्रहरीको मोबाइल गाडी घटनास्थलमा क्रनले उठाइ इप्रका टाँडीमा लिएको ।