जेन जी आन्दोलनमा जलेश्वर कारागारबाट भागेका बैंक डकैती मुद्दाका बन्दी भारतमा हतियारसहित पक्राउ

जेन जी आन्दोलनमा जलेश्वर कारागारबाट भागेका बैंक डकैती मुद्दाका बन्दी भारतमा हतियारसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ फाल्गुन २०८२
  • 3.5K
    Shares

पोखरा , १८ फागुन २०८२।

जेन जी आन्दोलनका क्रमम जलेश्वर कारागारबाट भागेका बैंक डकैती सम्बन्धी मुद्दाका एक बन्दी भारतमा हतियारसहित पक्राउ परेका छन्।

जेन जी आन्दोलनका क्रमम जलेश्वर कारागारबाट भागेका महोत्तरीस्थित एनएमबी बैंक डकैती मुद्दाका बन्दी धनुषाको मुखियापट्टी मुसहरनिया–२ निवासी अनरजीत राम भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले मधुबनी जिल्ला अन्तर्गत हरलाखी बोर्डर नजिकबाट हतियारसहित पक्राउ गरेको हो।

मोटरसाइकल चढेर भारततर्फ भाग्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का इन्स्पेक्टर ऋषिकेश कुमारको नेतृत्वमा खटिएको टोलीले हरलाखी प्रहरीसँगको सहकार्यमा रामलाई घेराबन्दी गरी पक्राउ गरिएको भारतीय प्रहरीले दाबी गरेको छ।

बिहार प्रहरीको जिम्मा लगाइएका अनरजीत रामको साथबाट एक थान पेस्तोल, दुई थान गोली र करिब ४.२ किलोग्राम गाँजा बरामद गरिएको भारतीय प्रहरीले जानकारी दिएको छ। साथै उसको साथबाट भारतीय राहदानी, आधार कार्ड, प्यान कार्ड, इन्डिया पोस्ट पेमेन्ट बैंकको कार्ड र मोबाइल फोन पनि फेला परेको बताइएको छ।

पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि बिहार प्रहरीको जिम्मा लगाइएको एसएसबी ऋषिकेशले जनाएको छ।

प्राप्त विवरण अनुसार , अभियुक्त रामसहित ४–५ जनाको समूहले गत जेठ १६ गते दिउँसो करिब १२ः३५ बजे महोत्तरी बजारस्थित एनएमबी बैंकबाट हतियार देखाएर करिब १५ लाख रुपैयाँ लुटेका थिए। जिल्ला अदालतको २०८० कात्तिक २० गते को आदेश बमोजिम पुर्पक्षमा रहने गारी उक्त बैंक डकैती मुद्दाका अभियुक्तहरु पुर्पक्षमा रहने गरी जलेश्वर कारागारमा बन्दी रहेका थिए। सोही क्रममा गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा उनी उक्त कारागारबाट भागेका थिए।

उक्त घटनामा संलग्न भएको आरोपमा भारतको मधुबनी जिल्ला हरलाखी फुलहर टोल गोपालपुरका अजयकुमार साफी यसअघि नै पक्राउ परिसकेका छन्।

राममाथि हातहतियार तथा डाँका मुद्दा दर्ता भइसकेको छ। उनले बरामद गाँजा कसलाई पुर्‍याउन खोजेका थिए भन्ने विषयमा बिहार प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया