मध्यपूर्वी तनावको प्रभावः लाखौँ नेपाली श्रमिकको सुरक्षा चिन्ता, कस्तो छ खाडीका नेपालीको अवस्था ?

मध्यपूर्वी तनावको प्रभावः लाखौँ नेपाली श्रमिकको सुरक्षा चिन्ता, कस्तो छ खाडीका नेपालीको अवस्था ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ फाल्गुन २०८२
  • 5.5K
    Shares

पोखरा, १७ फागुन २०८२।

अमेरिका र ईजरायलले संयुक्त रुपमा ईरानमाथि आक्रमण गरेपछि नेपाली कामदारको सुरक्षा चिन्ता बढेको छ ।

अमेरिका र ईजरायलले संयुक्त रुपमा ईरानमाथि गरेको हमला र ईरानको जवाफी आक्रमणपछि त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा चिन्ता बढेको हो । ईरान र ईजरायलमा मात्रै नभई विभिन्न खाडी मुलुकमा रहेका नेपाली कामदारहरु समेत प्रभावित बनेका छन् ।

ईजरायल र ईरानबीचको द्धन्द्धपछि खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिमको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको हो । कतार, युएई, बहराईन लगाएतका देशमा नेपाली दुतावास र स्थानीय निकायले सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिसकेका छन् । परराष्ट्र मन्त्रालयले पनि खाडी क्षेत्रमा रहेका नेपालीलाई बढी सावधानी अपनाउन र स्थानीय समुदायसँग सम्पर्कमा रहन अनुरोध गरेको छ ।

कुन–कुन देशमा छ सुरक्षा जोखिम ?

ईजरायल र अमेरिकाले शनिबार बिहान ईरानमाथि आक्रमण गरेपछि त्यसको बदलामा ईरानले पनि अमेरिकी सैन्य अखडा लक्षित आक्रमण सुरु गरेको छ । खाडीका कतार, साउदी अरब, बहराईन, कुवेत, संयुक्त अरब ईमिरेट्स (युएई) ओमान लगाएका मुलुकमा अमेरिकाको सैन्य वेस क्याम्प रहेको छ ।

यी देशमा करिब १९ लाख नेपाली कार्यरत छन् । सबैभन्दा बढी संयुक्त अरब ईमिरेट्स (युएई) मा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराईनमा ३० हजार र ओमानमा २५ हजार नेपाली कार्यरत छन् ।

यस्तै, ईराकमा २५ हजार र लेबनानमा करिव १ हजार नेपाली रहेका छन् । ईरानले कतार, साउदी, बहराईन, युएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरिरहँदा ती मुलुकमा कार्यरत नेपालीहरुको सुरक्षा चुनौती थपिएको छ ।

ईजरायलमा पटक–पटक आक्रमणको प्रभावमा नेपाली

यस्तै प्रत्यक्ष युद्धरत ईजरायल र ईरानमा पनि हजारौँ नेपाली कार्यरत रहेका छन् । ईजरायलमा करिव ६ हजार र ईरानमा करिब १० जना नेपाली रहेको बताईएको छ । अमेरिका, ईजरायल र ईरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले एक महिनाअघि अर्थात माघ १८ गते नै ट्राभल ईडभाईजरी जारी गरि ईरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किन भनेको थियो ।

ईरानस्थित राष्ट्रसंघीय लगाएत कार्यालयमा करिव १० नेपाली कार्यरत रहेकोमा सो एडभाईजरी जारी भएपछि दुई नेपाली फर्किएका थिए । ईरानको तुलनामा ईजरायलमा निकै ठुलो संख्यामा नेपाली कार्यरत छन् । ईजरायलमा केयर गिभर र कृषी क्षेत्रमा करिव साँढे ६ हजार नेपाली कार्यरत रहेका हुन् ।

ईजरायलमा हुने आक्रमणले नेपाली कामदारहरु समेत प्रभावित हुने गरेको छन् । ईजरायलमा आक्रमणको सिकार बन्दै आएका नेपाली कामदारहरुलाई पुनः यो युद्धले सुरक्षा चुनौती थपेको छ ।

प्रतिक्रिया