समाजमा व्याप्त विकृत र भ्रस्टाचार अन्त्य गरी सुशासन कायम गर्नु आफ्नो प्राथमिकतामा रहने एमाले उम्मेदवार आचार्यको प्रतिबद्धता

समाजमा व्याप्त विकृत र भ्रस्टाचार अन्त्य गरी सुशासन कायम गर्नु आफ्नो प्राथमिकतामा रहने एमाले उम्मेदवार आचार्यको प्रतिबद्धता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ फाल्गुन २०८२
  • 2.7K
    Shares

पोखरा, १७ फागुन २०८२।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले समाजमा व्याप्त विकृत र भ्रस्टाचार अन्त्य गरी सुशासन कायम गर्नु आफ्नो प्राथमिकतामा रहने प्रतिबद्धता व्यक्त गरेका छन।

पोखरा महानगरपालिका वडा नम्बर १७ मा भएको घरदैलो कार्यक्रम पछि आयोजित कोणसभामा बोल्दै एमाले उम्मेदवार आचार्यले सुशासनप्रति प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले वडा, प्रदेश र केन्द्र तहबीच प्रभावकारी समन्वय गरी विकास योजनालाई अघि बढाउने, केन्द्रबाट आउने बजेटलाई क्षेत्रको आवश्यकताअनुसार परिचालन गर्न सक्रिय भूमिका खेल्ने र समग्र विकास अभियानलाई परिणाममुखी बनाउने बताए ।

उम्मेदवार रश्मि आचार्यले ‘सबको साथ, सबको विकास’ र ‘सँगसँगै विकास, जीवनसँग जोडिएको विकास’को अवधारणाले अहिलेको समयको व्यवस्थित विकासको अगुवाई गर्ने  बताए । उनले समावेशी, व्यवहारिक र जनजीवनसँग प्रत्यक्ष जोडिएको विकासमार्फत मात्रै देशले सही निकास पाउने धारणा राखे । ‘दिगो विकास र सन्तुलित विकास’, जनसाथ र सहभागीमा मात्रै सम्भव हुने उल्लेख गर्दै उम्मेदवार आचार्यले दिगो विकासका लक्ष्य प्राप्त गर्न स्थानीय स्रोत साधनको उच्चतम परिचालनका निम्ति आफुले सो अवधारणा अघि सारेको उल्लेख गरे । आम श्रमजिवीहरूको हितमा सो अवधारणा उपयोगी हुने उनको तर्क छ ।

कार्यक्रममा एमालेका अग्रज नेता  सोमनाथ  अधिकारी प्यासी, एमाले केन्द्रिय सदस्य  प्रभा कोइराला, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की,  पूर्व प्रदेश कमिटी सदस्य केशव प्रसाद आचार्य, क्षेत्र नं. २ का सचिव झपट रानाभाट, राधिका शाही, जिल्ला कमिटी सदस्य  सुवास ढुंगाना, युवा नेता शिवराज आचार्य, अग्रज नेता झपिन्द्र रेग्मी, सो वडाका अध्यक्ष विक्रम गुरुङ लगायत स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया