झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको फुट्यो टायर

झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको फुट्यो टायर


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ फाल्गुन २०८२
  • 10.9K
    Shares

पोखरा, १६ फागुन २०८२।

झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको टायर फुटेको छ।

काठमाडौँबाट भद्रपुर आएको श्री एयरलाइन्सको SHA 941 नम्बरको उक्त विमानको अवतरणकाे क्रममा टायर फुटेको हो ।

काठमाडौँबाट भद्रपुर आउँदै गर्दा आज १२:३५ बजे अवतरणका क्रममा देब्रेपट्टिको एक टायर फुटेको हाे ।

टायर फुटे पनि विमान धावनमार्गबाट सुरक्षित रूपमा पार्किङ क्षेत्रमा लगिएको र विमानमा सवार सबै ७८ जना यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ। FILE PHOTO / NEWS SOURCE : JHAPA TODAY

प्रतिक्रिया