चुनाबको मुखमा नेपाली सेनाका चार जना पुर्व प्रधानसेनापति भारत गए

चुनाबको मुखमा नेपाली सेनाका चार जना पुर्व प्रधानसेनापति भारत गए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ फाल्गुन २०८२
  • 1.7K
    Shares

पोखरा, १५ फागुन २०८२।

सेना परिचालन गरेर सरकारले चुनाब गराउने अन्तिम तयारी गरिरहेका बेला नेपाली सेनाका चार जना पुर्व प्रधानसेनापति बिहिबार भारत गएका छन्।

नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूमध्ये राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा बिहीबार दिउँसो पौने ३ बजे नेपाल एयरलाइन्सको उडानबाट नयाँ दिल्ली गए भने प्यारजंग थापा र गौरवशमशेर राणा एयर इन्डियाको विमानबाट बिहान ११ बजे भारत गएका हुन् ।

भारतका नयाँ दिल्लीमा आयोजना हुने पूर्व प्रधानसेनापतिहरुको सम्मेलनमा सहभागी हुन उनीहरु भारत गएको नेपाली सेनाले जनाएको छ ।

गतवर्ष नेपाली सेना दिवसका अवसरमा नेपालमा यस्तो सम्मेलन आयोजना भएको थियो। यसवर्ष भारतमा आयोजित १० औँ सेना प्रमुख सम्मेलन सहभागी हुन चार जना पूर्व प्रधान सेनापतिहरु मात्र भारत गएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी दिए ।

भारतीय सेनाले नेपालका सबै पूर्वसैनिक प्रमुखहरूलाई निमन्त्रणा पठाए पनि चार जना मात्र त्यसतर्फ गएका हुन् । फागुन १४ मा शुरु भएको चिफ्स कन्क्लेभ फागुन १७ सम्म चल्नेछ । 

प्रतिक्रिया