पोखरा, १५ फागुन २०८२।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक महिलाले एकै पटक तीन शिशुलाई जन्म दिएकी छन्। दार्चुलाको नौगाड गाउँपालिका–३ की ३१ वर्षीया बिमला ठगुन्नाले बुधबार बिहान ११:४८ बजे एक–एक मिनेटको अन्तरालमा दुई छोरा र एक छोरी जन्माएकी हुन्।
अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर प्रतीक्षा सिंह राठोरको नेतृत्वमा गरिएको सिजेरियन शल्यक्रियामार्फत तीनै शिशुको सकुशल जन्म भएको अस्पतालले जनाएको छ। दुई शिशुको तौल दुई केजी ४०० ग्राम र अर्को शिशुको तौल दुई केजी रहेको छ। आमा र तीनै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
