घन्टी बजाएको भन्दै काठमाण्डौमा एमाले कार्यकर्ताहरुले बिद्यार्थी कुटे

घन्टी बजाएको भन्दै काठमाण्डौमा एमाले कार्यकर्ताहरुले बिद्यार्थी कुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ फाल्गुन २०८२
  • 6.9K
    Shares

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेलमा बिद्यार्थी कुट्दै एमालेका नेता – कार्यकर्ताहरु

पोखरा १२ फागुन २०८२।

घन्टी बजाएको भन्दै काठमाण्डौमा एमाले कार्यकर्ताहरुले बिद्यार्थीहरुलाई कुटेका छन्।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेलमा नेकपा (एमाले)ले आयोजना गरेको र्‍यालीमा सहभागी एमालेका नेता – कार्यकर्ताहरुको समूहले सोमबार दिउँसो घन्टी बजाएको भन्दै बिद्यार्थीहरुलाई कुटेका हुन्।

सोमबार दिउँसो स्थानीय ‘केक कर्नर एज्ड बेकरी’ मा बसिरहेका ‘इस्ट पोल स्कुल’ मा कक्षा १० मा अध्ययनरत ५-६ जना विद्यार्थीहरुलाई एमालेको र्‍यालीमा सहभागी नेता – कार्यकर्ताहरुले कुटेको प्राप्त समाचारमा जनाइएको छ।

एमालेको र्‍याली त्यही क्षेत्रबाट गैरहेका बेला उक्त एमालेको र्‍यालीलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न ‘घण्टी’ सँग मिल्दो आवाज निकालेर जिस्क्याइएपछि पसलमा बसिरहेका ‘इस्ट पोल स्कुल’ मा कक्षा १० मा अध्ययनरत ५-६ जना विद्यार्थीहरुमाथि कुटपिट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

एमालेको र्‍यालीमा रहेका कार्यकर्तालाई घन्टी बजाएर जिस्काइए पछि आक्रोशित बनेका उनीहरुले पसलभित्रै छिरेर विद्यार्थीलाई २-४ झापड हानेका बताइएको छ।

प्रतिक्रिया