पोखरा ११ फागुन २०८२।
पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश आज साँझबाट हटाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ४:३० बजेदेखि लागू हुने गरी कर्फ्यु हटाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी विज्ञप्ति अनुसार सुरक्षा अवस्थामा सुधार आएकाले र सर्वपक्षीय बैठकको निर्णयका आधारमा कर्फ्यु हटाइएको हो । यद्यपि, स्थिति पूर्ण रूपमा सामान्य नभइसकेकाले आजै बेलुकी ६:०० बजेदेखि भोलि (फागुन १२ गते) बिहान ८:०० बजेसम्मका लागि वीरगञ्जका केही क्षेत्रमा निषेधाज्ञा भने जारी रहनेछ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ। जसअनुसार पूर्वमा बाईपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोक भित्रको भू-भागलाई निषेधित क्षेत्र तोकिएको छ।
निषेधाज्ञाको समयमा कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन । यसको उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित षाऋWआफाXईईय़ बैठकको निर्णय