पोखरा, १० फागुन २०८२ ।
रौतहटको गौरमा दुई समुदायबीच उत्पन्न तनावमा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक र एक जना वडाध्य्क्षसहित २३ जनालाई पक्राउ गरेको छ।
रौतहट सदरमुकाम गौरमा शान्ति खलल पुर्याउने कार्यमा संलग्न भएको आरोपमा जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेद र वडा अध्यक्ष अवध विहारी प्रसाद साह तेलीसहित २३ जनालाई पक्राउ गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए। पक्राउ परेका शेख जमशेद पूर्व वडाअध्यक्ष हुन् भने अवध बिहारी वडा अध्यक्ष हुन्।
दुई जना पक्राउ परेका छन्। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले गौरमा शान्ति खलल पुर्याउने कार्यमा संलग्न भएको आरोपमा जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेद र वडा अध्यक्ष अवध विहारी प्रसाद साह तेली पक्राउ परेको जानकारी दिए।
उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी भुशालले बताए छ। पक्राउ परेका दुबै जना शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ६ बुँदे सहमति गर्ने व्यक्ति हुन्। गौर नगरपालिका वडा नं. ६ सवगढाबाट दुई समुदायबीच विवाद सुरू भएको थियो।
मुस्लिम समुदायको तर्फबाट झडपमा सहभागी जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदसहित र हिन्दु पक्षका वडा अध्यक्ष बिहारी प्रसाद साह तेलीसहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। शेख जमशेद पूर्व वडाध्यक्ष पनि हुन्।
शुक्रबार दुवै समुदायबिच छलफल गराएर प्रशासनले सहमति गराए पनि शनिबार बिहानैदेखि झडप शुरु भएको थियो। झडप र आगजनी हुन थालेपछि प्रशासनले त्यस क्षेत्रमा कर्फ्यु लगाएको छ। कर्फ्यु लगाएपछि स्थिति प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार पनि कर्फ्यु जारी रहने बताएका छन्। यस्तै त्यहाँको सुरक्षा अवस्था बारे केन्द्रीय सुरक्षा समितिमा पनि गम्भीर छलफल भएको छ। त्यस क्षेत्रसहित समग्र मधेसको शान्ति सुरक्षाको अवस्था बुझ्न कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ।
केन्द्रीय सुरक्षा समितिले त्यहाँ दुवै पक्षलाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गर्दै गैर कानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याइने जानकारी गराएको छ।
हालसम्म रौतहट झडपका क्रममा १० जना सामान्य घाइते भएको, २३ जना व्यक्ति पक्राउ परेको र ७ मोटरसाइकल र १ थान जीप आगजनिका कारण नष्ट भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताए ।
झडप नियन्त्रणमा लिन प्रहरी ५० थान भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो भने दर्जनौं राउण्ड हवाइ फायर समेत गरेको थियो ।