पूर्ब राजा वीरेन्द्रको शालिकमा रास्वपाका कार्यकर्ता चढेकोमा राप्रपाको आपत्ति : माफी माग्नुपर्ने माग

पूर्ब राजा वीरेन्द्रको शालिकमा रास्वपाका कार्यकर्ता चढेकोमा राप्रपाको आपत्ति : माफी माग्नुपर्ने माग


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ फाल्गुन २०८२
  • 4.5K
    Shares

दाङको तुलसीपुरस्थित पूर्ब राजा वीरेन्द्रको शालिकमा चढेका रास्वपाका कार्यकर्ता

पोखरा, ९ फागुन २०८२ ।

दाङको तुलसीपुरस्थित पूर्ब राजा वीरेन्द्रको शालिकमा रास्वपाका कार्यकर्ता चढेकोमा राप्रपाले आपत्ति प्रकट गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिले एक प्रेस बिज्ञप्ति जारी गर्दै पूर्ब राजा वीरेन्द्रको शालिकमा रास्वपाका कार्यकर्ता चढेकोमा आपत्ति प्रकट गरेको हो ।

, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिका सचिब राजेन्द्र अधिकारीले जारी गरेको उक्त प्रेस बिज्ञप्तिमा ‘कसैको आस्थामा असर पर्ने यस्ता खाले अराजकतापूर्ण व्यवहार सह्य नहुने भन्दै सम्बन्धित पक्षले तत्काल माफी माग्नुपर्ने माग गरिएको छ।

पूर्व राजा बीरेन्द्रको शालिकमा चढेको बिरोधमा राप्रपा लुम्बिनी प्रदेश समितिले जारी गरेको

बिहीबार रास्वपा सभापति रवि लामिछाने दाङ आउने क्रममा तुलसीपुर उपमहानगरपालिकाको वीरेन्द्र चोकमा रास्वपाका कार्यकर्ताहरूले पूर्वराजा वीरेन्द्रको सालिकमाथि उभिएर अभद्र व्यवहार गरेका थिए । त्यही नेकपा एमालेको झण्डापनि ज`लाइएको थियो ।

प्रतिक्रिया