एमाले कार्यकर्ताहरुद्वारा दाङको तुलसीपुरस्थित रास्वपा सम्पर्क कार्यालयमा ताेडफाेड (भिडियोसहित)

एमाले कार्यकर्ताहरुद्वारा दाङको तुलसीपुरस्थित रास्वपा सम्पर्क कार्यालयमा ताेडफाेड (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ फाल्गुन २०८२
  • 5.5K
    Shares

तुलसीपुरमा रास्वपा चुनाबी कार्यालय तोडफोड गर्दै एमाले कार्यकर्ता

पोखरा, ९ फागुन २०८२ ।

नेकपा एमालेका कार्यकर्ताहरूले शुक्रबार साझ करिब ६ बजेतिर दाङको तुलसीपुरस्थित राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीको सम्पर्क कार्यालयमा तोडफोड गरेका छन् ।

उक्त तोडफोडको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। उक्त भिडियोमा मोटरसाइकलमा आएका एमाले समर्थित युवाहरुले रस्वपाको सम्पर्क कार्यालयको ब्यानर च्यातेको प्रस्ट देखिन्छ। त्यस लगत्तै त्यहाँ उपस्थित सशस्त्र प्रहरी समेतको सुरक्षाकर्मीहरुको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर छाडेको देखिएको छ। उनीहरुले त्यही क्रममा नेकपा एमाले जिम्दाबाद भन्दै नाराबाजी गरेको पनि उक्त भिडियोमा प्रस्ट देखिएको छ।

तुलसीपुरमा रास्वपाको कार्यक्रममा एमालेको झण्डा जलाइदै

यस अघि बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि एमालेले सो विषयमा गम्भीर आपत्ति जनाएको थियो । त्यस विषयलाई एमालेले कार्याकर्ताले तोडफोड गरेका बताइएको छ।

त्यस कार्यक्रमाम एमालेको झण्डा जलाएको आरोपमा प्रहरीले तुलसीपुर उप–महानगरपालिका–७ कालाखोला निवासी वर्ष ५५ का बुद्धि बहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ। साथै समाजमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न तथा सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रतिक्रिया