जनहित र विकास बाहेक आफ्नो कुनै स्वार्थ नरहेको एमाले उम्मेदवार रश्मी आचार्यको जिकिर

जनहित र विकास बाहेक आफ्नो कुनै स्वार्थ नरहेको एमाले उम्मेदवार रश्मी आचार्यको जिकिर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ फाल्गुन २०८२
  • 6.9K
    Shares

पोखरा, ७ फागुन २०८२ ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार रश्मी आचार्यले जनहित र विकास बाहेक आफ्नो कुनै स्वार्थ नरहेको जिकिर गरेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर १६ मा आफ्नो चुनाबी प्रचार-प्रसार एबम घरदैलो कार्यक्रमका क्रममा एमाले उम्मेदवार आचार्यले त्यस्तो जिकिर गरेका हुन्। आचार्यले माटोको कसम खाएर आफू राजनीतीमा सेवा भावले उत्प्रेरित भएर लागेको बताए ।

सोही अवसरमा नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले आफुहरू बृहत एकता सहित निर्वाचनमा होमिएकोले सबैजना सुक्ष्मरूपले निर्वाचनको तयारीमा जुट्न आग्रह गरे ।
उनले देश र जनताको सेवा तथा पार्टीको नीति निर्णयमा सधैं आफूहरु प्रतिबद्ध रहेको  बताए । बजारमा फैलाइएका निराधार हल्लाहरूले एमाले कमजोर नहुने उनले दाबी गरे ।

एमालेकी अर्की केन्द्रिय सदस्य प्रभा कोइरालाले आम युवा र कास्कीको भरोसाको उम्मेदवार आचार्य पाउनु गौरवको विषय भएको बताईन् । श्रमजीवी महिला, युवा र श्रमिकहरूका पक्षमा प्रष्ट विचार दिन सक्ने उम्मेदवार आचार्य भएको जिकिर गर्दै उनले कास्की २ अर्को अग्रगामी छलाङको लागि तयार भएको उल्लेख गरिन् ।
समानुपातिक उम्मेदवार दिपक पौडेलले समन्यायिक विकास र सबै क्षेत्रको सन्तुलित विकासको अवधारणा तयार पार्ने पार्टी एमाले भएको हुँदा ढुक्कसँग एमालेलाई जिताउन आग्रह गरे ।

एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी प्यासीले कास्की २ ले चम्किलो सूर्य झन तेजिलो बनाउने भन्दै देश र जनताका लागि काम गर्ने उर्जावान उम्मेदवार आचार्य नै जनताको रोजाईमा रहनेमा आफू विश्वस्त भएको उल्लेख गरे ।

सो पार्टीका निवर्तमान प्रदेश कमिटी सदस्य तेजनारायण अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य सहित उल्लेख्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो । जनताको घरदैलो अभियानमा रहेका आचार्यलाई जिताउन स्थानीयहरू उत्साहका साथ लागि परेको एमाले पोखरा १६ का वडा कमिटि अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए ।

प्रतिक्रिया