चुनाबको मुखमा एमालेले गण्डकीमा बनायो नेसनल भोलिन्टियर्स फोर्स : प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र प्रदेश प्रमुख कमान्डर बने पानबहादुर जिसी

चुनाबको मुखमा एमालेले गण्डकीमा बनायो नेसनल भोलिन्टियर्स फोर्स : प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र प्रदेश प्रमुख कमान्डर बने पानबहादुर जिसी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ फाल्गुन २०८२
  • 5K
    Shares

पोखरा, ७ फागुन २०८२ ।

चौतर्फी आक्रमणको तारो बनेको नेकपा एमालेले गण्डकी प्रदेशमा नेसनल भोलेन्टियर्स फोर्स गठन गरेको छ। बुधबार पोखरामा आयोजित एक समारोहका बीच नेकपा एमालेका सचिव खगराज अधिकारीले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरे

उक्त फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी रहेका छन् । प्रदेशको सह कमाण्डरमा गोविन्द भुषाल, नवीनकुमार श्रेष्ठ रहेका छन् । फोर्सको हेडक्वाटर कमाण्डरमा देवान गुरुङ, विकास पहारी, चीनबहादुर पुन र मञ्जु जिसी रहेको प्रदेश इञ्चार्ज बस्नेतले जानकारी दिए ।

त्यस्तै फोर्स कास्कीको इञ्चार्जमा नमराज केसी र फोर्सको युनिफाइड कमाण्डरमा सूर्य लामा र सहकमाण्डरमा बज्रराज अधिकारी (सुरज), राजु गिरी, उमेश बिसंखे रहेका छन् । कमाण्डरमा विश्वास गुरुङ, कृष्ण हमाल, अभिषेक गुरुङ, दिपक मल्ल, गणेश विक, रवी गुरुङ, खेम गुरुङ, प्रकाश बराल, सिद्धान्त गुरुङ लगायत रहेका छन् ।

पोखरामा नेसनल भोलेन्टियर्स फोर्सको गण्डकी प्रदेश समिति घोषणा गर्दै एमाले सचिव अधिकारीले एमालेको सहायक संगठनको रुपमा रहेको फोर्स विशेष खालको संगठन भएको बताए । यो संगठन सामान्य खालको संगठन नभएको उल्लेख गर्दै उनले यो संगठनले देश र जनताको रक्षा गर्ने जिम्मेवारी लिएको जनाए ।

फोर्सका केन्द्रीय कमाण्ड प्रमुख पुष्पराज श्रेष्ठले निर्वाचनको १० हजार ९ सय ६७ मतदान केन्द्रमा २ लाख २२ हजार युवा परिचालन गर्ने बताए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजीव पहारी, गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, कास्कीका कार्यवहाक अध्यक्ष भेषराज बराल, फोर्सका केन्द्रीय सहकमाण्डर विनिता काफ्ले, अर्जुन पौडेल, सुशिल बस्नेत लगायतले बोलेका थिए ।  
फोर्सको कमाण्ड घोषणा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले पार्टीमा औपचारिक रुपमा स्वागत गरे ।


प्रतिक्रिया