पोखरा, ६ फागुन २०८२।
भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्भ, ती मध्ये नौ जना गम्भीर घाइते रहेका छन्।
निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि भोजपुरको टेम्केमैयुङ गएको श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका-४ दावाँस्थित सेती बगरमा दुर्घटनाग्रस्त हुँदा २४ जना घाइते भएका छन्, ती मध्ये नौ जना गम्भीर घाइते रहेका छन्।
उक्त बसमा सवार २६ जनामध्ये २४ जना घाइते भएका छन् । एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजु लामाले जानकारी दिए ।
दुर्घटनामा ९ जना जति गम्भीर घाइते भएको उनले बताए । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लैजान २ वटा हेलिकप्टर मगाइएको छ । बाँकीको अवस्था सामान्य रहेको र भोजपुर अस्पतालमा उपचार भइरहेको छ ।