नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला काठमाडौंबाट गिरफ्तार

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला काठमाडौंबाट गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ फाल्गुन २०८२
  • 5.9K
    Shares

पोखरा, ५ फागुन २०८२।

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलाlलाई प्रहरीले आज दिउँसो काठमाडौंको टेबहालबाट गिरफ्तार गरेको छ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेता बास्तोलालाई गिरफ्तार गरेको हो।

प्रहरीका अनुसार सो पार्टीले निर्वाचन बहिष्कारको घोषणा गर्दै विरोधका कार्यक्रम अघि बढाएपछि बाँस्तोलालाई पक्राउ गरिएको हो। पार्टीका अन्य केही नेताहरू पनि निगरानीमा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

यस्तै, दुर्गा प्रसाईं निकट एसपी साहलाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि पनि निर्वाचन अवरोध गर्ने गतिविधिमा संलग्न भएको आरोप छ।

यसअघि सोमबार प्रहरीले दुर्गा प्रसाईंलाई समेत पक्राउ गरेको थियो। उनलाई चार दिनसम्म थुनामा राख्न जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको छ।

सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

प्रतिक्रिया