पोखरा, ५ फागुन २०८२।
काठमाण्डौको नारायण गोपाल चोकस्थित सार्वजनिक स्थानमा एक जना बृद्ध पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्ति काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ३ बस्ने वर्ष ४२ को पारस बम रहेको जिल्ला प्रहरी परिसर काठमाडौं जानकारी दिएको छ। उनीविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको प्राप्त समाचारमा जनाइएको छ। कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।
पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।