मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट फेरि पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ फाल्गुन २०८२
  • 6.4K
    Shares

पोखरा, ४ फागुन २०८२ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट फेरि पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट फेरि पक्राउ परेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले साेमबार भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो।

प्रसाईंलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो । 

प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।

प्रतिक्रिया