छ दिन अघि तनहुँबाट हराएकी महिला मर्स्याङदी नदिमा मृत भेटिइन्

छ दिन अघि तनहुँबाट हराएकी महिला मर्स्याङदी नदिमा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० पुष २०८२
  • 3.5K
    Shares

तनहुँ , २० पुष २०८२।

छ दिन अघि तनहुँबाट हराएकी एक महिला मर्स्याङदी नदिमा मृत भेटिएकी छिन्।

तनहुँको भानु नगरपालिका वडा नम्बर ५ बारीफाँटस्थित आफ्नै घरबाट हराएकी अन्दाजी ४६ वर्षीया सुष्मा पौडेल शनिबार आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ सत्रसयफाँटस्थित मर्स्याङदी नदीको बिचमा मृत भेटिएकी हुन्। उनी गएको पुष १३ गतेको साँझ साढे छ बजेदेखि हराएकी थिइन्।

उक्न्को शब इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक प्रदिप सुवेदीको कमाण्डमा गएको प्रहरी टोलीले ट्युब डोरी लाईफ ज्याकेटको प्रयोग गरी नदीको किनारामा निकालेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल दमौली पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया