पोखरा, १७ पुष २०८२।
११ दिनदेखि आमरण अनसनरत डा. निकोलश भुषाल र हरिश भट्टसँग सरकारले छ बुंदे सम्झौता गरेको छ ।
उक्त सम्झौतासँगै उनीहरुले अनसन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी हुन् ।
सहमतिपत्रमा भुषाल पक्षबाट उनी स्वयं र विष्टको हस्ताक्षर छ भने सरकारको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालको हस्ताक्षर छ ।
जेन जी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेन जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग राखेर डा. भुषाल र भट्ट ११ दिनदेखि आमरण अनसनमा बसेका थिए ।