मध्यराति ललितपुरमा कार र मोटरसाइकल ठोक्किए : तीन जना घाइते

मध्यराति ललितपुरमा कार र मोटरसाइकल ठोक्किए : तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०८२
  • 3.3K
    Shares

मध्यराति कुपण्डोलमा ठोक्किएका कार र मोटरसाइकल

काठमाण्डौ, १६ पुष २०८२।

ललितपुरको कुपण्डोलस्थित ज्वागल चोकमा गएराति कार र मोटरसाइकल ठोकिँदा तीन जना घाइते भएका छन्। 

थापाथलीबाट आएको प्रदेश ३-०२-००२ प ३५४५ नम्बरको मोटरसाइक र पुलचोकतर्फबाट आउँदै गरेको बा.१८ च ३४४७ नम्बरको कार मध्यराती एक – आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा कार चालक र मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। तीव्र गतिको कारण दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

प्रतिक्रिया