‘निर्वाचन प्रक्रिया बन्द गर’ भन्दै निर्वाचन आयोगभित्रै नाराबाजी (भिडियोसहित)

‘निर्वाचन प्रक्रिया बन्द गर’ भन्दै निर्वाचन आयोगभित्रै नाराबाजी (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ पुष २०८२
  • 3.1K
    Shares

पोखरा , १४ पुष २०८२।

निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ ।

आउने फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेश गरिरहेका बेला आयोगभित्र नाराबाजी भएको हो ।

निर्वाचन प्रक्रिया रोक्न माग गर्दै केही युवाहरूले नाराबाजी गरेका हुन् । उनीहरूले जेनजीका माग पूरा गर, निर्वाचन धोका हो, हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका छन् ।

नाराबाजी भएपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई आयोग परिसरबाट बाहिर निकालेका छन् ।

प्रतिक्रिया