पोखरा, ९ पुष २०८२।
हाँस्य टेलिशृंखलाहरुमा धतुरेको पहिचान बनाएका हाँस्य कलाकार चिरञ्जीवी प्रसाद पुडासैनी उर्फ ‘धतुरे’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समक्ष माफी मागेका छन्।
सामाजिक सञ्जालहरुमा एक भिडियो संदेश जारी गर्दै कलाकार धतुरेले लामिछानेसमक्ष माफी मागेका हुन्।
केही दिन यता उनले लामिछानेको बारेमा दिएका सार्वजनिकहरुप्रति चर्को बिरोध र टिका-टिप्पणीहरु भएको थियो। उनले उक्त भिडियो सन्देशमा लामिछाने बारे बोलेका अभिव्यक्तिलाई लिएर सार्वजनिक रूपमा माफी मागेका छन्।
उनले सोही भिडियो सन्देशमार्फत आफूबाट बोलेका कुराले ,कसैलाई ठेस पुगेको भए त्यसप्रति क्षमायाचना गर्छु, भनेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा पुडासैनीले आफ्नो अभिव्यक्तिले गलत बुझाइ सिर्जना भएको स्वीकार गर्दै त्यसप्रति खेद व्यक्त गरेका छन्।