गोरखाको लसुने जंगलमा भेटियो कसको मानव कंकाल ?

गोरखाको लसुने जंगलमा भेटियो कसको मानव कंकाल ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ पुष २०८२
  • 3.7K
    Shares

गोरखाको लसुने जंगलमा एउटा मानव कंकाल भेटिएको छ।

गोरखा नगरपालिका–५ चिल्ड्रेनपार्क नजिकै लसुने जंगलमा सोमवार मानव कंकाल भेटिएको हो । उक्त कंकालसँगै एक थान किप्याड मोवाइल, जुत्ता, ट्रयाक र कमिज समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट मोवाइल र कपडाहरु पनि फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरतबहादुर बिकले जानकारी दिए। उक्त मोवाइल गत साउनदेखि हराएका बारपाक सुलिकोट गाउँपालिका–३ का ४० बर्षीय जंगबहादुर गुरुङको रहेको खुलेको प्रहरीले बताएको छ।

सतिपिपलमा डेरामा बस्दै आएका उनी मानसिक रोगी भएकाले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

गुरुङको कंकाल पोष्टमार्टमा लागि प्रदेश अस्पताल गोरखामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया