पोखरा, ६ पुस २०८२।
ताप्लेजुङमा एक युवक बन्दुकसहित मृत भेटिएका छन् ।
जिल्लाको मैवाखोला गाउँपालिका ३ लेकुवाका करिब २६ वर्षीय फुर्वा रेन्जु शेपा बन्दुकसहित आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।
स्थानीय तिलोक सिंह लिम्बूको अलैँची बारीमा भरुवा बन्दुकसहित शेर्पा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।
बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा घाँटीमा गोली लागेर शेर्पाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।