अमेरिकामा विमान दुर्घटना: प्रसिद्ध पूर्व नास्कार चालक ग्रेग बिफलसहित सातजनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना: प्रसिद्ध पूर्व नास्कार चालक ग्रेग बिफलसहित सातजनाको मृत्यु


  • एजेन्सीहरु
  • शुक्रबार, ४ पुष २०८२
  • 5.4K
    Shares

पोखरा ४ पुष २०८२।

अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा बिहीबार बिहान एउटा सानो निजी विमान सेस्ना सि५५० दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा प्रसिद्ध पूर्व नास्कार चालक ग्रेग बिफल, उनकी श्रीमती क्रिस्टिना, र उनीहरूका दुई सन्तान (राइडर र एम्मा) रहेका छन्। उनीहरूसँगै विमानमा सवार अन्य तीन जनाको पनि मृत्यु भएको छ।

विमान स्टेट्सभिल क्षेत्रीय विमानस्थलबाट उडेको केही समयमै दुर्घटनामा परेको थियो। प्रत्यक्षदर्शीका अनुसार जमिनमा ठोकिने बित्तिकै विमानमा ठूलो आगलागी भएको थियो। ग्रेग बिफल नास्कार दौडका ७५ महान चालकहरू मध्ये एक थिए, जसले आफ्नो खेल जीवनमा १९ पटक ठूला प्रतियोगिता जितेका थिए।

खेल बाहेक उनी आफ्नो सहयोगी मनका लागि पनि चिनिन्थे। केही समयअघि आएको ‘हेलिन’ समुन्द्री आँधीको बेला उनले आफ्नो उदग्रबिमान (हेलिकप्टर )प्रयोग गरेर धेरै मानिसहरूको ज्यान बचाएका थिए। नर्थ क्यारोलाइनाका गभर्नरले उनलाई ‘साहसी र दयालु’ व्यक्तिको रूपमा सम्झना गर्दै समवेदना दिएका छन् ।

यो विमान दुर्घटना कसरी भयो भन्ने कुरा अझै खुल्न सकेको छैन। अमेरिकी नागरिक उड्डयन निकाय र राष्ट्रिय यातायात सुरक्षा बोर्डले यस घटनाको अनुसन्धान शुरु गरेका छन्।

विमानस्थलमा नियन्त्रण कक्ष (टावर )नभएकाले बिमानचालक (पाइलट)हरूले रेडियोमार्फत आफैँ कुरा गरेर उडान भर्नुपर्ने व्यवस्था थियो। यस दुःखद घटनाले पूरा खेल जगत र समर्थकहरूलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया