नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना शुरु

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ पुष २०८२
  • 5.9K
    Shares

:पोखरा ३ पुष २०८२।

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु भएको छ । अन्तिम मतपरिणाम आउन मतगणना शुरु भएको करीब तीन घण्टा लाग्ने केन्द्रीय निर्वाचन आयोगले अनुमान गरेको छ।

आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मतगणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५/५ जना प्रतिनिधि राखिएको छ । यस अघि मतगणनाका लागि ८० वटै विद्युतीय मेशिनका चिप्स निकालेर फरक–फरक मुचुल्का उठाउने कार्य सम्पन्न भएको थियो।

आयोगले हरेक मेशिनको छुट्टाछुट्टै मुचुल्का गरेर प्रतिनिधि तथा मत संख्या जांच गरेर विवरण मिलेपछि विद्युतीय मेशिन बन्द गरिएको छ ।

उम्मेदवारका प्राविधिक, एक जना प्रतिनिधि, मेसिनका प्राविधिक र निर्वाचन आयोगका प्रतिनिधिको रोहबरमा मतगणना गरिने छ ।

मतपरिणाम सार्वजनिक, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम भृकुटीमण्डपमै हुनेछ । एमालेले बिहान ११ बजे ११ औँ महाधिवेशनको समापनको तयारी गरेको छ । करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ ।

बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे ।

  • मतदान नगर्नेको नामावाली :

    केन्द्रीय कमिटीबाट
    मुकुन्द न्यौपाने
    बसन्त नेम्वाङ
    बालकृष्ण काउछामगर
    ब्रिजेश गुप्ता
    राजकुमार गुप्ता
    हरिबहादुर राजवंशी
    अनुशासन आयोग
    पोष्ट कुमार नेपाल
    सरस्वती गौतम
    सतिलाल राजवंशी
    प्रदीप प्याकुरेल (सुशील)– उपस्थित भएको तर कार्ड नभएको)
    निर्वाचन आयोग
    समिर नेपाल
    रचना राजोपाध्याय
    लेखा आयोग
    अशोक केसी
    विभाग
    घनश्याम कोइराला
    सन्जीव रोकाहा
    ००००
    कृष्णमाया भुजेल– झापा
    लक्ष्मी यादव– बारा
    शत्रुधन प्रसाद सिंह– सिरहा
    राजेन्द्र प्रसाद यादव– पर्सा
    अंशु आनन्द– पर्सा
    मनोज कुमार गुप्ता– पर्सा
    विजय कापर– सप्तरी
    जितेन्द्र चौधरी– महोत्तरी
    सिर्जना नेपाली (प्रवास)
    अशिम कोइराला (प्रवास)
    दिनेश बास्तोला (प्रवास)
    बालुका बेलबासे (प्रवास)
    गिरिराज बेलबासे (प्रवास)
    मिना पोखरेल (प्रवास)
    राजेन्द्र अर्याल (गुल्मी)
    तेजकुमार बिक
    पल्वराज भट्ट (कन्चनपुर)
    तिलक रिजाल (दैलेख)
    गोमा नेपाली (कालीकोट)
    दानबहादुर बिक
    बब्लु शिवाकोटी

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ ।

एमालेका कुल दुई हजार दुई सय ६३ मतदातामध्ये दुई हजार दुईसय २७ मत मात्रै खसेको छ। विभिन्न कारणले ३६ जना मतदाता उपस्थित हुन नसकेका निर्वाचन आयोगले जनाएको छ। 

बुधबार बिहान नौ बजेर २० मिनेटमा मतदान सुरु भएको थियो।  ८० वटा विद्युतीय मेसिनबाट भएको मतदान सकिन साढे २१ घन्टा लागेको हाे।  एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र रुपमासमेत उम्मेदवारी दिएका छन्।

उम्मदेवारको लिस्ट लामो भएकाले मतदान गर्न समय लागेको मतदाताले बताएका छन्। 

एक जना मतदातालाई कम्तीमा आधाघण्टादेखि बढीमा सबा दुई घण्टासम्म मतदानमा समय लागेको थियो। 

निर्वाचन आयोगले केही बेरमै मतगणना सुरु हुने र करिब तीन घण्टासम्ममा नतिजा आइसक्ने जनाएको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार