पोखरा, २६ मङ्सिर २०८२।
जेन जी आन्दोलनका एक जना बिद्रोही अगुवाले प्रधानमन्त्री सुशिला कार्की माथि एउटा संगीन आरोप लगाएका छन्। सरकार जेन जी समूहबीच १० बुंदे सहमति भएको भोलिपल्ट बिहिबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा ती बिद्रोही अगुवाले प्रधानमन्त्री सुशिला कार्की माथि संगीन आरोप लगाएका हुन्।
काठमाण्डौको रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले सुशीला कार्कीले प्रधानमन्त्री बन्ने प्रक्रियामा आफ्ना आलोचक र विरोधीहरूलाई चुप गराउन दुई करोड ६७ लाख रुपैयाँ खर्च गरेकी आरोप लगाए। उनले त्यसको प्रमाण आफुसंग भएको र प्रमाण दिन नसके जेल जान तयार रहेको बताए।
उनले आफूले यो रकम सुदन गुरुङलगायतका व्यक्तिहरूलाई बाँडिएको ठोस प्रमाणसहित देखाउन सक्ने दाबी गरे।
उनले भने, “मसँग प्रमाण छ—यदि प्रमाण दिन नसकें भने म आफैं झुण्डिन तयार छु। तर प्रमाण सही ठहरिएमा प्रधानमन्त्री कार्की पदमा बसिरहने नैतिक आधार राख्दिनन्, उनले तत्काल राजीनामा दिनुपर्छ।”
अभियन्ताले सोही क्रममा जङ्गी अड्डा बाहिर सुशीला कार्कीविरुद्ध नारा लगाइएका दिनकै प्रसंग उठाउँदै प्रश्न गरे—“त्यो दिन विरोधमा को–को बोलिरहेका थिए? ती सबैलाई मिलाउन, मुख बन्द गराउन २ करोड ६७ लाख कसलाई बाँडियो? त्यो पैसा सुदन गुरुङ र उनीहरूको समूहलाई गएको हो कि होइन?” उनका अनुसार, आफूले दाबी गरेको कुरा असत्य सावित भएमा उनी जीवनहिँ जोखिम उठाउन तयार छन्, तर दाबी सत्य ठहरिएमा प्रधानमन्त्री कार्कीले नैतिक जिम्मेवारी स्वीकार गर्नुपर्नेछ।