पोखरा १९ मङसीर २०८२।
ध्वनि प्रदुषण हुने गरी चर्को आवाजमा मोटरसाइकल हुइंक्याउने चार जना पोखरामा समातिएका छन्।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले बिहिबार गरेको सवारी चेकजाँच गर्ने क्रममा ध्वनि प्रदुषण हुने गरी चर्को आवाजमा मोटरसाइकल हुइंक्याउने चार जना पोखरामा समातिएका हुन्।
पक्राउ पर्नेमा ग २१ प ६१७१ नं.को मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नं. १४ बस्ने वर्ष २० को मनिष के.सी, लु ३० प ५५६१ नं. को मोटरसाइकल चालक पोखरा ८ बस्ने वर्ष २२ को कृष्ण मल्ल, ग २० प २९२२ नं. को मोटरसाइकल चालक पोखरा २४ बस्ने वर्ष २४ का मनोज नेपाली र ग
१५ प २०४७ नं. को मोटरसाइकल चालक पोखरा १७ बस्ने वर्ष २७ को विशेष पुर्जा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश पाण्डेले जानकारी दिए।
उनीहरुले सवारी चेकजाँचका क्रममा प्रहरीसँग बिबाद र झैं-झगडा गर्नुको साथै उनीहरुले चलाएको मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने बनाएको तथा समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने बनाएको प्रहरीको दाबी छ।
पक्राउ परेका चारै जना बिरुद्ध कानूनी कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ