हत्याराले जेल बस्दा चिनेकी महिला प्रहरी हवल्दारको जेलबाट छुटेपछि लमजुङमा गरिदिए हत्या

हत्याराले जेल बस्दा चिनेकी महिला प्रहरी हवल्दारको जेलबाट छुटेपछि लमजुङमा गरिदिए हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ मंसिर २०८२
  • 8.4K
    Shares

पोखरा १९ मङसीर २०८२।

जेल बस्दा चिनेकी एक जना महिला प्रहरी हवल्दारको हत्याराले जेलबाट छुटे पछी हत्या गरिदिएका छन्।

महिला हत्या आरोपमा दोषी ठहर भै चितवन जिल्ला कारागारमा कैदो जीवन विताएका चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईले त्यहीं चिनजान भएकी प्रहरी हवल्दार ४५ वर्षीया सीता कँडेलको जेलबाट छुटे पछी हत्या गरेका हुन्।

२०८१ साल चैत ३१ गते लमजुङको बेसिशहर नगरपालिका–२ भकुण्डेस्थित आफ्नै घरमा मृत भेटिएकी पूर्व प्रहरी हवल्दार कँडेलको हत्याको अनुसन्धान गरिरहेको सीआइबीले दराईलाई रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार पक्राउ गरेपछि त्यस्तो तथ्य बाहिर आएको हो।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले दिएको जानकारी अनुसार, २०८१ साल चैत ३१ गते बेसिशहर २ भकुण्डेमा बाहिरबाट ताला लागेको घरबाट दुर्घन्ध आएको भन्दै प्रहरीमा खबर गरिएको थियो । प्रहरीले ढोकामा लागेको ताला फोडेर हेर्दा पूर्व प्रहरी हवल्दार कंडेलको शब् आफू सुत्ने बक्स पलङको मुनि त्रिपालले बेरेर राखिएको अवस्थामा भेटिएको थियो । हत्या गरेर बक्स पलङ मुनि लुकाएको पाइएपछि अनुसन्धानका लागि सीआईबीको टोली समेत परिचालन भएको थियो । सो क्रममा हत्यामा बुद्धिरामको संलग्नता खुलेको थियो ।

कंडेलको हत्या गरेर ८ महिनादेखि भागेका बुद्धिराम दराईलाई सीआईबीले पक्राउ गरेर आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाएको प्राप्त समाचारमा जनाइएको छ ।

अभियुक्त दराईले यसअघि पनि विवाहको विषयमा विवाद हुँदा गोरखाको साविक फिनाम गाविस–५ कि ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या गरेका थिए । उनकी छोरी सम्झना पाण्डेसँग विवाहको कुरामा विवाद भएपछि आमाको हत्या बुद्धिरामले गरेका थिए । यो घटनामा उनी कारागार चलान भएका थिए ।

भीमफेदी कारागारमा रहँदा त्यहाँको सुरक्षामा खटिएका हवल्दार (हाल मृत) सीतासँग बुद्धिरामको चिनजान र निकट सम्बन्ध रहेको थियो । पछि जेलबाट छुटेपछि उनै बुद्धिरामले अवकाश भएकी पूर्व हवल्दार कँडेलको हत्या गरेको सीआईबीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले जारी गरेको प्रेस बिज्ञप्ति

 निज प्रतिवादी यस पुर्व समेत मिति २०६७।०८।१२ गते मृतक वर्ष ५३ कि चिनिमाया पाण्डे भएको कर्तव्य ज्यान मुद्दामा सम्मानित गोरखा जिल्ला अदालतबाट मिति २०६८।०३।२० गते सर्वस्व सहित जन्म कैदको फैसला भएकोमा सम्मानित सर्बोच्च अदालतबाट मिति २०७१।१२।१३ गते १२ बर्षको कैद फैसला कायम भई मिति २०७६।०६।०३ गते कारागार कार्यालय, धादिङबाट छुटेको।

चितवन कारागारमा रहदा चिनजान भएको र छुटेपछि मृतकको घरमा आउजाउ शुरु भएको, पछिल्लो समय निजहरु विच कतिपय विषयमा मतभेद समेत हुने गरेको बुझिएको र अनुसन्धानका क्रममा निज बुद्धिराम दराई पछिल्लो पटक २०८१ चैत्र १२ गते चितवनबाट लमजुङ आई २२ गतेसम्म १० दिन वेसिशहर लगायत मृतकको घर आसपासमा रहि मृतकको गतिविधि निगरानी सहित योजना बनाएको ।

उक्त समयमा मृतकको घरमा आएको पाहुनाका कारण निज प्रतिवादीले कुनै अप्रिय घटना घटाउन नसकेको र २२ गते चितवन फर्केको ।

पुन २६ गते चितवनबाट लमजुङ आई रातको समयमा सम्पुर्ण योजना बनाई २७ गते विहान घटना घटाएपश्चात शवलाई पलङ भित्र लुकाई कोहिकसैलाई तत्काल शंका नहोस् भनि घरमा ताला लगाई मृतकको छिमेकीलाई रु ६०० दिएर झोला सडकसम्म पुर्याउन लगाई बेसिशहर बजार आएर सार्वजनिक बसमा चढी डुम्रे तर्फ लागेको र केहिदिन पश्चात् भारततर्फ भागि लुकिछिपी रोजगारी गरी बस्दै आएकोमा प्रहरीलाई झुक्यानमा पारी नेपाल आउदै गर्दा निज पक्राउ परेको ।

घटनाको सम्वन्धमा थप अनुसन्धान कार्य जारी ।

प्रतिक्रिया