पोखरा १९ मङसीर २०८२।
२२ वर्ष अघि आफ्नो गाउँले छिमेकीको घर घेरा हालेर घरको पिंढीमा बाँधेर घरेलु हतियार बन्चरोले हानेर क्रुरतापूर्वक हत्या गरेर भागेक्जा एक ब्यक्ति पक्राउ परेका छन्।
,याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नामका २४ वर्षीय धनराम तिलिजालाई उनको घर बि.स २०६० सालमा कात्तिक ६ गते घेरा हाली घरको पिंढीमा बाँधेर घरेलु हतियार बन्चरोले हानेर क्रुरतापूर्वक हत्या गरेर भागेका सोही ठाउँका ब्यक्ति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा रघुगंगा ४,दग्नामकै ४२ बर्षिय खमबहादुर थजाली रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ। अभियुक्त थजालीलाई बेनी नगरपालिका–८, कालिपुलबाट कात्तिक १७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
त्यस दिन थजाली सहित तीन जनाले तिलिजाको घर घेरा हालेर खुकुरी, लाठी, बन्चरो र चिर्पट प्रहार गरेर तिलिजाको हत्या गरेको प्रहरीले बताएको छ। सोहि हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यस अघि नै दुई जनालाई पक्राउ गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाका अनुसार , जिल्ला अदालत म्याग्दीले २० जनाविरुद्ध नै २०६३ चैत ३० गते अभियुक्त थजालीलाई १९ बर्ष ७ महिनाको कैद फैसला सुनाएको थियो ।
पक्राउ परेका खम बहादुर थजालीलाई मिति २०८२।०८।१७ गते पक्राउ गरी म्याग्दी जिल्ला अदालत मार्फत लगत कट्टाको लागि कारागार कार्यालय म्याग्दीमा पठाईएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेकाहरु जिल्ला अदालतको फैसला बिरुद्ध २०६८ जेठ ११ गते पुनरावेदन अदालत पुगेका थिए । पुनरावेदनले २०६८ मंसिर २६ गते जिल्लाकै फैसला सदर गरिदियो । त्यसपछि उनीहरू सर्वोच्च अदालत पुगे । सर्वोच्चले पनि २०७२ असार ११ गते जिल्ला र पुनरावेदनकै आदेश सदर गरेको थियो ।