बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते (नामावलीसहित)

बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते (नामावलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ मंसिर २०८२
  • 2.8K
    Shares

पोखरा १९ मङसीर २०८२।
बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बरेङबाट बागलुङ बजा तर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ नम्बरको जिप बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहिबार दिउँसो साढे ४ बजे दुर्घटनाग्रस्त आठ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए ।

घाइतेहरूलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ । हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया