गएराती विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा सहायक हवल्दारको मृत्यु

गएराती विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा सहायक हवल्दारको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ मंसिर २०८२
  • 4.5K
    Shares

पोखरा १८ मङसीर २०८२।
गएराती विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

विराटनगरको बरगाछी चोक नजिक कञ्चनबारीतर्फ जाँदै गरेको बा.प्र.०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो।

उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटना लगत्तै सीआरभी बरगाछीबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते भएका खड्कालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो । उपचारकै क्रमम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया