पोखरा आउदै गरेको भारतीय कार स्याङ्जाको बरनडाँडा खोलामा दुर्घटनाग्रस्त : तीन जना घाइते

पोखरा आउदै गरेको भारतीय कार स्याङ्जाको बरनडाँडा खोलामा दुर्घटनाग्रस्त : तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ मंसिर २०८२
  • 6.5K
    Shares

स्याङ्जा १८ मङसीर २०८२।
स्याङ्जाको गल्याङ नगरपालिका-३, बरनडाँडा खोलामा आज बिहानै एक भारतीय नम्बर प्लेटको कार दुर्घटनाग्रस्त हुँदा तीन जना भारतीय नागरिक घाइते भएका छन्।

बुटवलबाट पोखरा जाँदै गरेको भारतीय नम्बर प्लेटको कार बिहान करिब ५ बजेको समयमा दुर्घटनाग्रस्त हुँदा तीन जना भारतीय नागरिक घाइते भएका हुन्।

प्रहरीका अनुसार, दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका छन् भने तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बुझिएको छ।
​दुर्घटनाग्रस्त कार र घाइतेहरूलाई खोलामा पानी लिन गएका स्थानीयले सबभन्दा पहिले देखेर प्रहरीलाई खबर गरेका थिए। ​खबरपश्चात् गल्याङ चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो। उनीहरूलाई थप उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
​दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया