नख्खु कारागारबाट भागेका ज्यानमारा चन्द दार्चुला सदरमुकामबाट समातिए

नख्खु कारागारबाट भागेका ज्यानमारा चन्द दार्चुला सदरमुकामबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ मंसिर २०८२
  • 2K
    Shares

पोखरा, १७ मङ्सिर २०८२।

ललितपुरको नख्खु कारागारबाट भागेका ज्यानमारा कैदी दार्चुलामा समातिएका छन्।

जेन जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ का २३ वर्षीय दीपक चन्द मंगलबार बिहान जिल्ला सदरमुकामको पुलघाट क्षेत्रबाट समातिएका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले गरेको गस्तीका क्रममा शंकास्पद रूपमा हिँडिरहेको चन्दलाई बिहान ११ बजे नियन्त्रणमा लिइएको सहप्रवक्ता देवन्द्रसिंह बुढाथोकीले जानकारी दिए। चन्दलाई दार्चुला जिल्ला अदालतले २०७८ सालको कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो।

नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका उनी २०८२ भदौ २४ गते देशभर भएको जेनजी आन्दोलनका दौरान बन्दीगृहबाट फरार भएका थिए। पक्राउ परेका चन्दलाई दार्चुला कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया