ट्याक्सीसहित तीनदिनदेखि वेपत्ता चालक केसी उदयपुरको पाखेभीरमा मृत भेटिए

ट्याक्सीसहित तीनदिनदेखि वेपत्ता चालक केसी उदयपुरको पाखेभीरमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ मंसिर २०८२
  • 5K
    Shares

काठमाडौं, १६ मङ्सिर २०८२।

कटारी / तीनदिनदेखि सुमो गाडी सहित वेपत्ता भएका ललितपुर महालक्ष्मी – ८ , लुबुका अन्दाजी ३४ वर्षिय दिपेन्द्र केसीको शव उदयपुरको कटारी –१४ पाखेमारा भीरमा भेटिएको छ । ईलाका प्रहरी कार्यालय कटारीका अनुसार हिजो साँझ सडकबाट अन्दाजि १ किलाेमिटर तल सुमो क्षतिग्रस्त रुपमा भेटिएको थियो ।
क्षतिग्रस्त सुमोसँगै केसीको शव भेटिएको हो । प्रहरीले मध्यराति नै भीरबाट शव निकालेर पोष्टमार्टमका लागि आज विहान कटारी अस्पत्ताल ल्याएको छ । ना १ ज ५८१२ नम्बरको सुमो लिएर शनिबार १३ मंसिरमा केसी उदयपुरको ताप्ली गाउँपालिका रुपाटार जान्छु भनेर हिंडेका थिए ।
रुपाटारमा बिवाहाका लागि जन्ति जान रिजर्भ भएकाले केसी एक्लै सुमो लिएर निस्किएका थिए । शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा ईन्ट्री गरेर आएका केसी रातिदेखि सम्पर्क विहिन भएका थिए । कटारी , –१४ घुर्मी नजिक सम्म आईपुगेको जानकारी गराएपछी वेपत्ता भएको सिन्धुलीको दुधौलीमा रहेका श्रीमति सुशीला कार्कीले बताउनुभयो ।
फोन लाग्ने तर नउठ्ने भएपछी , स्थानीय , प्रहरी लगायतले कटारी– १४ आसपासमा खोजि तिव्र वनाएका थिए । खोजिका क्रममा सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डको पाखेभीरमा शव फेला पारेका हुन् ।
केसी रातिको १२ बजेतिर दुर्घटनामा परेको हुन सक्ने अनुमान प्रहरीको छ । पाखेभीर आसपास गाउँ नभएको र अनकण्टार भीर भएकाले घटनाबारे कसैले पनि थाहा पाउन सकेका थिएनन् । खोजिको क्रममा सडकमा टायर धसिएको पाईएपछी स्थानीय र प्रहरीले भीरमा खोजि केन्द्रित गर्दा सुमोको पाटपुर्जा , जुत्ता भेटिएपछी शव र सुमो क्षत विक्षत रुपमा फेला परेको हो ।

प्रतिक्रिया