पोखरा, १६ मङ्सिर २०८२।
पूर्वपतिसँग होमस्टेमा बस्न गएकी एक महिलाको शव होमस्टे नजिकैको जङ्गलमा गाडिएको अवस्थामा भेटिएको छ। पूर्वपतिसँग होमस्टेमा बस्न गएकी बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारीकी २१ वर्षीया देबिसरा खत्रीको शव होमस्टे नजिकैको जङ्गलमा गाडिएको अवस्थामा भेटिएको हो ।
प्रहरीका अनुसार , उनी आफ्ना पूर्वपति बैजनाथ गाउँपालिका–२ पितमारि बस्ने १९ वर्षीय नारायण परियारसंग गएको मंसिर ९ गते राति मिनी गाभर होमस्टेमा बसेकि थिइन्। त्यस यता बेपत्ता रहेकी उनको शब आज होमस्टे नजिकैको जङ्गलमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको घाँटीमा पासो लागेकाे जस्तो देखिएको र घटनालाई शंकास्पद मानेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
घटना भएको तीन दिनपछि आरोपी नारायण परियार स्वयं इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका छन्। उनले घटनासम्बन्धी जानकारी दिएको र सोही आधारमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको बताइएको छ।