चितवनमा वडाध्यक्षसहित आठ जना जुवाखालबाट समातिए

चितवनमा वडाध्यक्षसहित आठ जना जुवाखालबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ मंसिर २०८२
  • 3K
    Shares

चितवन,१४ मङ्सिर २०८२।

चितवनमा वडाध्यक्षसहित आठ जना जुवाखालबाट शनिबार साँझ समातिएका छन्।

चितवनको कालिका नगरपालिका–६ लाल चोकस्थित जुवाखालबाट जुवा खेलिरहेको अवस्थामा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत आठ जना समातिएका हुन्।

वडाध्यक्ष सुवेदीका साथमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल । यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं पक्राउ परेका इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।

उनीहरुको साथबाट रु ७१ हजार दुईसय १० नगदसहित तास बरामद गरिएको र जुवा ऐनअन्तर्गत अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

सुरु गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको हो ।

प्रतिक्रिया